काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ को आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ ।
हालसम्म पाँच लाख पाँच हजार ६४३ सङ्क्रमित भएका छन् । हाल एक लाख १५ हजार ८०६ मा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ कोरोनामुक्त भएका छन् ।
हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ कोरोनामुक्त भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ ले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८६६ क्वारेन्टिनमा छन् ।