काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० को मृत्यु भएको छ । ८३०५ संक्रमित थपिँदा ६५४३ संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ मा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।
उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८१४ संक्रमित छन् । उनीहरुमध्ये १७४८ आईसीयूमा छन्, जसमध्ये ४९२ लाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।
६५४३ ले कोरोनालाई जिते मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६४५ मा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८४७ को मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९४६ संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ६५४३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।