२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "पछिल्लो २४ घण्टामा थप ८१७३ मा संक्रमण, एकै दिन २४६ को मृत्यु "

बुधवार , जेठ ५, २०७८

काठमाडौं, जेठ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ को मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि वैशाख २८ गते २२५ को मृत्यु भएको थियो । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ संक्रमित भेटिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार