२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

संसदमा मत विभाजनकाे तयारी : 'संक्रमितलाई पनि मतदानको व्यवस्था'

सोमवार , बैशाख २७, २०७८

काठमाडौं, वैशाख । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूराभएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले धारणा राख्ने र त्यसको जवाफ पुनः प्रधानमन्त्रीले दिएपछि विश्वासको मत लिने प्रक्रिया शुरु हुने सचिवालयले जनाएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्योपानेका अनुसार ‘हुन्छ‘, ‘हुन्न‘ र ‘मत दिन्न‘ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै कोभिड संक्रमित सांसदहरुका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था मिलाइएको उनले बताए । संसदमा मत विभाजन कार्य भएपछि प्रधानमन्त्रीको पक्षमा, विपक्षमा र तटस्थमा मत संख्या एकिन हुनेछ ।

संसदको विशेष बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री ओली अहिले सम्बोधन गरिरहनुभएको छ । संसदमा हाल कुल २७१ मत रहेको छ । त्यसमध्ये १३६ मत ल्याएमा सरकारको पक्षमा विश्वासको मत पुष्टि हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार