काठमाडौं, फागुन । मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्बीर पठाएकाे छ । ती मङ्गल ग्रहका तस्विरहरु नासाले साबर्जनीक गरेकाे छ ।
कस्ता छन त ती नासाले पठाएका तस्बीरहरू ?

अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि मङ्गलमा अवतरण गरे लगत्तै समेत तस्विरहरु पठाएको थियो ।

नासाको पर्सेभेरेन्स गत् फेब्रुअरी १८ मा मङ्गल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको थियो ।

अवतरण गरेपछि पर्सेभेरेन्सले आफू अवतरण गरेको स्थल वरिपरिको केही अनौठो तस्विरहरु पठाएको हो । पर्सेभेरेन्सले पठाएको तस्विरबाट बिगत्मा अत्यन्तै सूक्ष्म जिव सम्भव भएको देखिन्छ ।
