२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा आधिकारिकता बिबाद

'नेकपा' कट्टेलले पाउँदै ! : “ओलीको प्रयास  'एमाले र माओबादी' छुटटियोस !”

ओली अदालतसँग तालमेल मिलाउने प्रयासमा

आइतवार , फाल्गुण १६, २०७७


काठमाडौं, फागुन  । ‘पद र पावर’ को लालशा बोकेर एकता गरेका  नेकपा एमाले र माओवादी बिभाजनको प्रक्रियामा छ । दलभित्र बिभाजित भइसकेको यो दल कानुनी रुपमा छुट्टिन बाँकी छ ।  बल र छलबाट अर्काको दलको नाम आफ्नो बनाएको नेपाल कम्युनिस्ट पार्टी अन्तत : त्यसको मौलिक मालिक आफ्नो दलमाथि धावा बोलेको भन्दै ऋषिराम कट्टेलका अदालत गएका छन ।  
त्यही दलको बिबादको छिनोफानो सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।
 न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतले जनाएपछि आफ्नो हातबाट जाने भएपछि प्रधानमन्त्री ओली नेकपा भन्ने दल अर्कालाई बुझाएर आफू सुरक्षित अवतरण खोज्दैछन । 
पद र पावर देखाएर प्रतिष्ठा जोगाउन पब्लिसिटी गरेर आफ्नो 'प्रोटेष्ट’ मा जुटेका ओली अहिले त्यही अदालतमा रहेको त्यही मुद्धामा खेख्न लागीपरेका छन । 'मुद्धा र मुर्दा' मा राजनीति गर्न माहिर नेपाली कम्युनिट त्यसमाथि पनि ओली यसैलाई आधार बनाएर अदालतमाथि शक्तिको प्रयोग गरिरहेका छन । 
प्रधानमन्त्री ओली निकट एक नेताले भने, ओलीको बझाइमा  'नेकपा' भन्ने दल निज कटेलकै नाममा अदालतले फैसला गरिदिए कानुनी रुपमा नेकपा एमाले  र माओजादी आ -आफ्नो दलका रुपमा स्थापित हुन्छन, आनि आफ्नो नेकपा एमाले आफ्नो हातमा आउछ भन्ने ठम्याइ छ ।

अदालतको त्यो निर्णयले नेकपा एमाले बच्ने र आफ्नो हातमा आउने भएकाले अहिले ओली अदालतलाई आफ्नो प्रभावमा पान  लागेको जनाइएको छ । 
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।
तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार