२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद पुनस्थापनापछि ओली अझ खतरापूर्ण बन्दै

सहयोगी बिदेशी शक्तिको सुझाव : "राजीनामा नदेउ, बरु संकटकाल लगाउँ"

'सेना लगाएर भने नि ३ - ४ बर्ष नछोड'

बुधवार , फाल्गुण १२, २०७७


काठमाडौं, फागुन  । सर्बोच्च अदालतले संसद पुनस्थापना गरेपछि अबको राजनीतिक रुप कस्तो हुने भन्ने सर्बत्र चासोको बिषय बनोको छ ।  अदालतको फैसलासँगै केही राजनीतिक दलले स्वागत गरेका छन भने प्रधानमन्त्री ओली पक्षीय  नेताले भने, राजनीतिक रुप अझ संकटपूर्ण हुुने भनी टिप्पणी गरेका छन ।   
संसद पुनस्थापनापछि केही राजनीतिक दलले आफ्नो रणनीतिक तयारी थालेका छन भने प्रधानमन्त्री ओली भने सरकारबाट नहट्ने र अझ संकटकाल लगाउने कि भन्ने तयारीमा  जुटेका छन । 
मंगलबार बिहान सुरक्षा परिषदको बैठक राखेका ओलीले अदालतको फैसलापछि बेलुकी ९ :०० बजे चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटघाट तथा छलफल गरे । ओली निकट स्रोतका अनुसार,  संभवत : आजको स्थायी समिति बैठकपछि यसले के गर्ने भन्ने बिषयमा अन्तिम रुप लिनेछ । 
त्यससँग,ै प्रधानमन्त्री ओलीले अब कसरी जाने भन्ने बिषयमा छलफलमा जुटेका छन । ओली निकट स्रोतका अनुसार,  मंगलबार बेलुकी नै प्रधानमन्त्री ओलीले उनलाई सहयोग गर्दै आएका चिनियाँ, भारतीय तथा पश्चिमा समूहले  भेटेर 
राजीनामा नदिन र आवश्यक परे संकटकाल लगाएर सेना परिचालन गरी अरु तीन-चार बर्ष चलाउन सल्लाह दिएका छन । अहिले प्रधानमन्त्री ओली संकटकालको तयारीमा जुटेको पनि जनाइएको छ । 
प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनी छलफलमा रहेका छन । 

संसद् भंग गरेकै कारण विभाजित भएको नेकपाको एउटा घटक प्रचण्ड–माधव समूहका नेताले अदालतको फैसलालाई आफ्नो जित मानेका छन् । सँगसँगै अर्को प्रश्न पनि छ– राजनीतिको ‘ब्याटल’ मा पराजित भएका प्रधानमन्त्री ओलीले अब के गर्लान् ? उनी सरक्क बालकोटमा गएर आराम गर्नेछन् या नेकपा फुटाएर बेग्लै गुट चलाउनेतिर लाग्लान् ? भन्ने चासो भने सबैतिर छ । 
 

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार