२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वोच्च अदालतले : "संसद् पुनर्स्थापना, भन्यो : १३ दिनभित्र अधिवेशन बोलाउ "

मंगलवार , फाल्गुण ११, २०७७

काठमाडौं, फागुन । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै बदर गरेको छ । सरकारको निर्णय बदरसँगै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको हो ।

अदालतले १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न परमादेश समेत गरेको छ । यो निर्णयसँगै बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।

अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँलगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार