२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद बिघटन मुद्धा ‘हेर्दाहेर्दै’ मा

१४ मा प्रन्या जबरा अमेरिका जाँदै :"तीन दिनभित्र फैसला आउने, संभावना '५० - ५०' को !"

तीन दिनभित्र फैसला नआए संसद पुस्थापना नहुने !

मंगलवार , फाल्गुण ११, २०७७

 

काठमाडौं, फागुन  । सर्बोच्च अदालतले आज  संसद विघटनसम्बन्धी मुद्धा  ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।  सर्वोच्च अदालतले सुनुवाइको सबै प्रक्रिया सम्पन्न  पनि गरेको छ । 
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा  सो बिघटन सम्बन्धी रिटमाथि सुनुवाइ गरेको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो ।

सर्वोच्चले अब संसद विघटनविरुद्ध परेका रिटमा फैसला सुनाउने तयारी गरेको छ । स्रोतका अनुसार अब बढीमा दुई- तीन दिनभित्र  अर्थात यही १३ गतेसम्ममा  सर्वोच्चले फैसला सुनाउने छ । स्रोतका अनुसार, प्रधानन्याधीश जबरा १४ गते  अमेरिका प्रस्थान गर्नुहुँदैछ । उनले अमेरिकामा बिश्वका प्रधानन्यायाधीशहरुको सम्मेलनमा सअभागी हुन जान लाग्नुभएको अदालत स्रोतले जनाएको छ । 
सर्बोच्च स्रोतका अनुसार, १४ गतेभित्र अदालतले  निर्ण नदिए संसद पुनस्थपना  भने नहुने निश्चित भएको जनाइएको छ । फागुन २१ देखि निर्बाचनको सेडियूल आउने र देश निर्बाचनको माहोलमा गईसक्ने जनाएको छ । र, २१ सम्ममा प्रधानन्यायाधीश नफर्कने अवस्था रहेको पनि अदालत स्रोतले जनाएको छ । 
लामो समयदेखि सर्वोच्चले संसद विघटनलाई लिएर भएको बहस सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ । पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

ओलीको यो कदमको सर्वत्र विरोध हुनुका साथै संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार