काठमाडौँ, माघ । नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न बिबादसँगै प्रधानमन्त्री के पी ओलीले दलभित्रको नेतृत्व युबामा हस्तान्तरण गर्ने बाचा गरे । तर कसरी जाने भन्ने र पछिको कस्ता छन त त्यो केही ‘सिनारियो’ पनि देखाउन सकेनन् ।
अर्का नेकपा प्रचण्ड–माधव पक्षले भने संसद् विघटनविरुद्ध आन्दोलनमार्फत आगामी पुस्ता कस्ता आउँदैछन त ? कार्यक्रममार्फत पहिचान दिए । नेकपा प्रचण्ड–माधव समूहले बुधवार राजधानीमा गरेको जनप्रदर्शनमा पहिलोभन्दा दोस्रो तहका नेता ‘युबा पुस्ता’ ले क्षमता प्रदर्शन गरे । देशमा देखिएको सोझो अवस्थाको जनता सामू चित्रण गरे ।
हाल सत्तापक्षबाट भइरहेको ‘भन्ने र गर्ने’ प्रबृतिलाई नेकपा प्रचण्ड माधव पक्षले खुलस्त पारे । सत्ता र शक्तिको आडमा दबाउन खोजिएका सरकारका बास्तविक रुपबारे युबा लेताले छरपष्ट पारे । नेकपाले गरेको तेस्रो चरणको मैझारो सभा मानिएको सो प्रदर्शनका वक्ताहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग र केपी ओली केन्द्रित भाषण गरे । अहिले सत्य पनि त्यही घुमेको छ ।
संसद् विघटन गरी प्रतिगामी कदम चालेकाले ओलीको राजनीति सिद्धिएको निष्कर्ष सुनाएका बक्ताहरुले संविधान र कानून अनुसार, निर्णय लिन अदालत र आयोगलाई चेतावनीकै भाषामा आग्रह गरे ।
सँगै युवा वक्ताले भने, आफ्नै नेतृत्वसँग पनि प्रश्न गरे । युवा वक्ताले पार्टी नेतृत्वले मञ्चबाटै ओली प्रवृत्ति नजन्माउने र नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्न दबाव दिएका थिए भने अध्यक्ष प्रचण्डले आगामी दिनमा यस्तो नदोहोरिने बचन दिए आफ्ना युबा नेतृत्वलाई । । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिएकी रामकुमारी झाँक्री बिशेष आकर्षण भइन । उनको भनाई पनि अहिलेको यथार्थ स्थितिलाई ‘जस्ताको तस्तै’ जनता सामू राखिन । राजनीतिक खेल कहाँबाट कसरी हुन्छ, तर उनको भनाइ भने राज्यले ब्यहोर्न परेको बास्तविक ‘दूर्दशा’ भने झल्काइदिइन ।
देशमा यो परिस्थिति सृजना हुनुको जड के हो त ? र प्रबृति के छ त ? भनिन्, अहिलेको आन्दोलन केपी ओलीविरुद्ध नभएर ओली प्रवृत्तिविरुद्ध हो । उनले आफ्नै नेतृत्वसँग प्रश्न गरिन्, ‘खड्गप्रसाद ओली प्रवृत्ति कहिल्यै नदोहिरिने गरी प्रतिवद्धता गर्नुहोस् । यही घोषणा गर्नुहोस्, हामी सुन्न चाहन्छौं ।’
झाँक्रीपछि जनार्दन शर्माले पनि नेतृत्वलाई उस्तै दबाव दिए । पार्टीका सीमित नेताहरुमा असीमित अधिकार दिँदा केपी ओली पैदा भएको निष्कर्ष सुनाउँदै शर्माले भने, ‘केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुने ग्राउण्ड कहाँ तयार भयो ?
कुन आन्दोलनमा पैदा भए ? यो समीक्षा गरेनौं भने फेरि महेन्द्रहरु जन्मनेछन्, फेरि केपी ओलीहरु जन्मने छन् ।’ शर्माले ओली प्रवृत्ति नेतृत्वमा जन्मन नदिन समीक्षाको खाँचो रहेको बताए । नेतृत्व निरंकुश र स्वच्छेचारी हुँदा संविधान, व्यवस्था र कम्युनिष्ट आन्दोलन संकटमा परेकाले त्यसको समीक्षा नगरी अगाडि बढ्न नसकिनेमा बक्ताहरुले जोड दिएका थिए । यो समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले त नयाँ क्रान्तिकारी पार्टी निर्माणमा माथिबाटै सच्चिन शुरु गर्नुपर्ने बताए ।
पन्तले प्रधानमन्त्री र राजाहरुको उदाहरण दिदै भने, जनताको मनमा बस्ने नेताको खाँचो छ । ‘देशमा कति प्रधानमन्त्री भए, कति राजाहरु भए, सुनको कुर्सीमा बस्ने, अग्लो अग्लो कुर्सीमा बस्ने । कसले सम्झन्छ ?’ पन्तले नेतृत्वसँग आग्रह गरे, ‘सिंहासनमा बस्ने होइन, जनता, नेता र कार्यकर्ताको मनमा बस्ने नेता बन्नुहोस् । फेर्ने कुरा माथिबाट शुरु हुन्छ, तपाइँसँग एक बाल्टिन पानी छ भने पनि नुहाउन सकिन्छ । तर, टाउकोबाट खन्याउनुपर्छ ।’
युवा र समावेशी वक्ता चयन गरिएको मञ्चबाटै नेतृत्वको प्रतिवद्धता मागिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मात्रै नभएर समकक्षीकै तर्फबाट संकल्प गरे । ‘संकल्प दोहोर्याउन चाहन्छु । मेरो जीवनमा, हाम्रो जीवनमा, मेरो समकक्षी नेताहरुको जीवनमा अब यो देशलाई शान्त, सुन्दर र विकसित बनाउनुबाहेक हाम्रो अर्को कुनै सपना छँदैछैन, हुनै सक्दैन’, प्रचण्डले प्रतिवद्धता जनाए ।
अझ अगाडि बढेर प्रचण्डले भने, ‘म तपाइँ लाखौं जनताको अगाडि उभिएर यो प्रतिज्ञा गर्छु, बाँकी रहेको जीवन प्रधानमन्त्रीका निम्ति होइन, मन्त्रीका निम्ति होइन । कुर्सीको निम्ति होइन, यो देशको गरिमा र देशको हितका निम्ति समर्पित गर्ने प्रतिज्ञा तपाइँहरुसँग गर्न चाहन्छु ।’
असंवैधानिक संसद् विघटनविरुद्ध आन्दोलनरत नागरिक समाजका अगुवाहरुले पनि यो समूहसँग स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् । अहिले भइरहेको आन्दोलन पदका निम्ति होइन भन्ने विश्वास नदिलाएसम्म जनताले साथ नदिने भन्दै स्वेतपत्र जारी गर्न सुझाव दिइरहेका बेला युवा नेताहरुले शीर्ष नेतृत्वसँग कमजोरी सच्याउने प्रतिवद्धता मागेका हुन् ।
त्यसैगरी अध्यक्ष माधवकुमार नेपालले पनि युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने बताए । नेता नेपालले भने, ‘नयाँ पुस्ताहरु तयार भइरहनुभएको छ । नयाँ पुस्तालाई हामी विस्तारै नेतृत्व हस्तान्तरण गर्नेछौं । तपाईहरुको योग्यता, क्षमतालाई हामीले पनि देखिरहेका छौं ।’
अध्यक्ष नेपालले अगाडि भने, ‘हामीबाट विगतमा केही कमी कमजोरी भएका छन् भने हामीले त्यसलाई सुधार्नैपर्छ । तपाईहरुको मनमा अर्को प्श्न होला, केपी त गए, फेरि अर्को केपी जन्मिने हुन् कि पार्टीभित्रबाट ? तपाईहरुको मनमा अर्को पनि जिज्ञासा होला, हिजो आपसमा नेताहरु लडे, अब पनि माधव नेपाल र प्रचण्ड लड्ने हुन् कि क्या हो ?‘ केपी ओली त्यो जाल थापेर बसेका होलान् । त्यो जालमा माछा पर्नेवाला छैन । प्रचण्ड र माधवकुमार नेपालवीच विधि र विचारमा उच्च समझदारी छ ।’