२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

वरिष्ठ नेता खनालले भने : 'संयुक्त आन्दोलनमा सबै दलहरु आउनुस्'

बुधवार , माघ २८, २०७७

काठमाडौं, माघ । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको बताए ।

पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले कांग्रेस, जनता समानवादी पार्टीलगायतका दलहरुलाई आग्रह गरे, ‘आउनुस्, संयुक्त आन्दोलन गरौं ।

यो नेकपाको मात्र आन्दोलन होइन, जनताको संयुक्त आन्दोलन हो । यसमा सामेल हुनुस् ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार