२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद विघटन मुद्दा बहस

प्रधानन्यायाधीश जबराकाे वकीललाइ  प्रश्न : " सर्वोच्चको फैसला स्वीकार गर्ने वातावरण छ ? "

आइतवार , माघ २५, २०७७

काठमाडौं, माघ  । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने वातावरण छ ? भनी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले  प्रश्न गरेका छन् ।

संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले सर्वोच्चको फैसला सबैले स्वीकार गर्न सकिने होस भनेपछि प्रधानन्यायाधीशले त्यस्तो वातावरण छ भनी प्रश्न गरेका हुन् । 

सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको सरकारी निर्णय सार्वभौमसत्ता सम्पन्न जनता समक्ष गएको भन्दै अब त्यसलाई विघटन गर्ने र विघटित हुने सबै पक्षले जनतामा परीक्षण गर्नुपर्ने बताए । उनले यस विषयमा सर्वोच्च अदालतको फैसलाबाट मुख्य ३ वटा अपेक्षा रहेको बताए ।

‘सर्वोच्च अदालतले विवाद किनारा गर्दा फैसला यस्तो होस्’ उनले भने ‘सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने होस्, वौद्धिक रुपमा आदर गर्न सकिने होस् र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालको होस् ।’ लगत्तै प्रधानन्यायाधीश जबराले त्यस्तो वातावरण छ भनी प्रश्न गरे । उनले भने, ‘त्यो त फेरि फ्लोरमा वातावरण हुनुपर्‍यो नि होइन ? हाहा … ।

अहिले जुन किसिमको वातावरण छ नि यो सम्भावना छ ?’ यो प्रश्न सोधेर प्रधानन्यायाधीश जबराले लामो हाँसो हासे । सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको मुद्दामा संवैधानिक इजलासले संवैधानिक नैतिकताको प्रश्न उठाएको भन्दै यो विषय सार्वभौम जनताले परीक्षण गर्ने बताए ।

‘नैतिकताको प्रश्न सार्वभौम जनताले परीक्षण गर्छ, यसको पनि सीमा हुन्छ, कसैले सोचेको नतिजा आउँदैन’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार