२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद विघटन मुद्दा : 'बहस गर्न सरकारी वकिललाई १५ मिनेट समय'

आइतवार , माघ २५, २०७७

काठमाडौं, माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न आइतबारदेखि सरकारी वकिललाई १५ मिनेट समय दिइएको छ ।

आइतबारको इजलासको सुरुमै संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि सरकारी वकिललाई १५ मिनेट समय निर्धारण गरिएको बताए । शुक्रबारसम्म सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । जसमा ७ जना सरकारी वकिल हुन् ।

सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् । उनीहरुका लागि समय निर्धारण गरिएको थिएन ।

अब सरकारी वकिलहरु नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताद्वय श्याम भट्टराई, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्न बाँकी छ । त्यसबाहेक प्रधानन्यायाधीशको निजी वकिलहरुले पनि बहस गर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार