२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संघीयता खारेजी र हिन्दुराष्ट्र स्थापना 

सभामा किन बोलेनन् : “ बोल्ने उपयुक्त अवसर खोज्दै प्रधानमन्त्री ओली”

अघोषित प्रचार : जनतालाई ढाँटे, अब  आउदैनन् !  

आइतवार , माघ २५, २०७७


काठमाडौँ, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि ओली समूहको आमसभा राखे ।  सम्बोधनमा ओलीले के भन्लान भन्दा पनि  संघीयता  खारेजी र हिन्दु राष्टको पक्षमा बोल्छन र देश नयाँ दिशामा जान्छ, स्थायित्व हुन्छ भनेर जनलहर उर्लियो । र, यो बिषय  आम चासो बनेको बनेको  थियो । 
ओलीले भनेका थिए,  ‘सरकारले गर्न लागेको ‘रचनात्मक शक्ति प्रदर्शन’  हो । अघोषित रुपमा यसरी नै प्रचार गराए पनि संघीयता र हिन्दुराष्टका बारेमा, अघिल्लो दिन नै पनि भनेका थिए, भोलि बिशेष आउँछ, भनेर पनि । जनचासो बढ्यो ।  देशलाई अहिलेको आवश्यकता के हो त्यसतपर्फ सम्बोधन गर्ने एकथरिको आँकलन थियो । 
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा सर्बत्र उठेको बिषय भनेको हिन्दुराष्ट पुनस्थापना र संघीयता खारेजीको बिषय चर्को रुपमा उठेको छ, अबको एजेण्डा भनेको त्यही हुनसक्ने त्यसतर्फ कदम चाल्न आवश्यक रहेको प्रसंग उठाउने कुरा भएको पनि बताए । संभावना पनि थियो । 
अब अहिलेका आन्दोलनको सार पनि त्यही देखिएको र त्यो बिना देशले अब निकाश नपाउने अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको ठम्याई रहेको स्रोतको भनाई छ । स्रोत भन्छ, संविधान निर्माण हुँदा नि मेरो त्यसमा समर्थन थिएन, माओवादीको एजेण्डा थियो, द्वन्दको अन्त्य हुन्छ भनेर चुप लागेको हुँ, मेरो विवेकले पनि यसलाई नमानेको ठम्याइ रहेको छ, भन्ने नै लाइनबाट आफ्नो सम्बोधन रहनेछ ।
यसअघि नेकपाका नेता सुरेन्द्र पाण्डे र जनता समाजबादीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यो प्रसंगको ख्लासा गरेका छन ।  संघीयताले देशलाई आर्थिक रुपमा कमजोर बनाउने र ८० प्रतिशत नेपालीको मन मष्तिष्क र आस्थासँग गाँसिएको हिन्दुराष्ट पक्षले देशलाई स्थिरतातर्फ लान सघाउँछ भन्ने ठम्याई ओलीको छ । 
यस एजेण्डामा भारत तथा नेपाली काँग्रेसको पनि सहमति रहेको पनि स्रोतले बतायो । स्रोतका अनुसार, प्रधानमन्त्री के पी शर्मा ओलीले भारतलाई पनि न यस बिषयमा बचन दिईसकेको जनाएको छ ।  अब निर्बाचनको टुंगो लागेपछि यही एजेण्डा बनाएर जाने तयारीमा छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार