काठमाडौँ, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो नारायणहिटी अगाडि उभिएर नेकपा ओली समूहको आमसभालाई सम्वोधन गर्दैछन । सो सम्बोधनमा ओलीले के भन्लान त आम चासो बनेको बिषय बनेको छ । सरकारले गर्न लागेको ‘रचनात्मक शक्ति प्रदर्शन’ को क्रममा देशलाइर अहीलेको आवश्यकता के हो त्यसतपर्फ सम्बोधन गर्ने एकथरिको आँकलन छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आज आफ्नो सम्बोधनमा सर्बत्र उठेको बिषय भनेको हिन्दुराष्ट पुनस्थापना र संघीयता खारेजीको बिषय चर्को रुपमा उठेको छ, अबको एजेण्डा भनेको त्यही हुनसक्ने त्यसतर्फ कदम चाल्न आवश्यक रहेको प्रसंग उठाउने संभावना रहेको बताउछन ।
अब अहिलेका आन्दोलनको सार पनि त्यही देखिएको र त्यो बिना देशले अब निकाश नपाउने अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको ठम्याई रहेको स्रोतको भनाई छ । स्रोत भन्छ, संविधान निमाृण हुँदा नि मेरो त्यसमा समर्थन थिएन, माओवादीको एजेण्डा थियो, द्वन्दको अन्त्य हुन्छ भनेर चुप लागेको हुँ, मेरो विवेकले पनि यसलाई नमानेको ठम्याइ रहेको छ, भन्ने नै लाइनबाट आफ्नो सम्बोधन रहनेछ ।
यसअघि नेकपाका नेता सुरेन्द्र पाण्डे र जनता समाजबादीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि यो प्रसंगको ख्लासा गरेका छन । संघीयताले देशलाई आर्थिक रुपमा कमजोर बनाउने र ८० प्रतिशत नेपालीको मन मष्तिष्क र आस्थासँग गाँसिएको हिन्दुराष्ट पक्षले देशलार्य स्थिरतातर्फ लान सघाउँछ भन्ने ठम्याई ओलीको छ ।
यस एजेण्डामा भारत तथा नेपाली काँग्रेसको पनि सहमति रहेको पनि सौतले बतायो ।
स्रोतका अनुसार, प्रधानमन्त्री के पी शर्मा ओलीले भारतलाई पनि नेपालमा हिन्द् राष्ट स्थापना गर्ने बचन दिनुभएको छ । त्यही एजेण्डा बन्नसक्ने ठम्याई छ ।