काठमाडौं, माघ । आइतबारको प्रतिनिधिसभा विघटनविरुद्धकाे संवैधानिक इजलासमा बहस सुरु भएको छ । आइतबार दशौं रिट निवेदनमाथिको बहस सकिएर एघारौं रिटमाथि निवेदक पक्षको बहस सुरु भएको हो ।
बहसका क्रममा कानून ब्यवसायीहरुले प्रधानमन्त्रीले भनेको जस्तो अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताए ।
उनले अहिले ताजा जनादेशमा जान प्रधानमन्त्रीलाई कसले असहयोग गरेको छ र, भन्ने प्रश्न गरे । अर्का अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलमा समस्या भयो भन्दैमा संसद विघटन गर्न नपाइने बताए ।