२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड–१९ को नयाँ भाइरस प्रभाव : "विज्ञ भन्छन, कडा छ, खतरा नै चाँही छैन "

सोमवार , पौष १३, २०७७

काठमाडौं, पुस । बेलायतमा पहिलो पटक बेलायतमा पहिचान गरिएको कोभिड–१९ को नयाँ प्रकारको भाइरस यूरोपेली राष्ट्रसहित जापान, क्यानाडा समेत प्रभावीत हुनथालेका छन । बेलायतबाट फर्केर स्पेन, स्वीटजरल्याण्ड, स्वीडेन, फ्रान्स र लेबनान पुगेका ब्यक्तिमा भाइरस सङ्क्रमणको पुष्टि भएको छ।

क्यानाडाको ओन्टेरियोमा पुष्टि भएका दम्पत्तीको कुनै यात्रा वृत्तान्त वा सम्पर्क नरहेको अधिकारीले बताएका छन् । जापानमा आजबाट लागू हुने गरी गैर आवासीय विदेशीलाई एक महिनासम्म प्रवेशमा प्रतिबन्ध लगाइसकीएको छ ।

सङ्क्रमणको पुष्टि बेलायतबाट फर्केका पाँचमा  भएयता थप दुई सङ्क्रमित भए। दुबैको कुनै यात्रा वृत्तान्त छैन् । यूरोपेली यूनियनले फाइजर एनबायोटेकको खोप लगाउन स्वीकृति प्रदान गरेसँगै यूरोपेली राष्ट्रमा खोप अभियान सञ्चालन गरिएको छ ।

उत्तर पूर्बी जर्मनीका स्वास्थ्य अधिकारीले नयाँ अनुमति दिएको फाइजरको खोप वितरण गर्न र लगाउन अझै ढिलाइ गर्न नहुने बताएका छन् । हल्बरस्टाटको नर्सिङ्ग होममा भर्ना भएका वृद्ध ब्यक्तिमा उक्त खोप लगाइएको छ । हगेंरीमा डेल पेस्ट केन्द्रीय अस्पतालका एक चिकित्सकमा खोप लगाएर अभियानको सुरुवात गरिएको छ ।

स्लोभाकियाका अधिकारीले खोप लगाउन सुरु गरिएको बताएका छन् । यूरोपेली कमीशनका प्रमुख उर्सुला भोन डर लियोनले खोप वितरणको तस्विर साझा गर्नुहुँदै ट्वीटरमा वक्तब्य जारी गरी “एकताको स्पर्श क्षण” उल्लेख गरेका छन। वैज्ञानिकले कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा फेला पर्नुलाई निगरानी पद्धतीको सुदृढ अवस्था इकिंत गरेको प्रतिक्रिया दिए ।

नयाँ भाइरस अझै बढी सङ्क्रामक रहे पनि सङ्क्रमित ब्यक्तिमा त्यत्ति बढी जोखिम ननिम्तिने विज्ञले बताए । स्पेनको मड्रिडमा चारमा नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बेलायतबाट आएका चारैजना भने गम्भिर बिरामी नभएको अधिकारीले बताएका छन् । स्वीटजरल्याण्डमा तीनमा सङ्क्रमणको पुष्टि भएको छ । दुई  भने बेलायती नागरिक हुन् ।

क्रिसमस पूर्ब बेलायतबाट आउनेलाई अनुमति प्रदान गर्ने स्वीटजरल्याण्ड एकल यूरोपेली राष्ट्र हो । हजारौंका संख्यामा बेलायतबाट विदा मनाउन स्वीटजरल्याण्ड पुग्ने छन् । स्वीडेनको स्वास्थ्य नियामक निकायले बेलायतबाट फर्केका एकमा सङ्क्रमणको पुष्टि भएपछि सुरुमा बिरामी देखिए पनि हाल सेल्फ आइसोलेशनमा रहेको जनाएको छ ।

फ्रान्सको टौर्स शहरमा एकजना फ्रान्सेली नागरिकमा नयाँ कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । उहाँ डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स फर्किनुभएको थियो । यसअघि नयाँ कोरोना भाइरसका बिरामी डेनमार्क, जर्मनी, इटाली, द् नेदरल्याण्ड्स र अष्ट्रेलियामा पुष्टि भइसकेको छ । नयाँ कोरोना भाइरसबाट सङ्क्रमित सबैभन्दा पहिला सेप्टेम्बर महिनामा दक्षिणी इंग्ल्याण्डमा पुष्टि भएको थियो ।

पछिल्ला दिनमा लण्डनसहित दक्षिण पूर्बी र पूर्बी इंग्ल्याण्डमा सङ्क्रमित हुनेको दुई तिहाइ नयाँ भाइरसका बिरामी छन् । नयाँ कोरोनाभाइरसले भाइरसको अन्य संस्करणलाई विस्थापित गर्दैछ । भाइरसले म्युटेशन गर्छ । 

केही म्युटेशनबाट भाइरसले कोषलाई असर गर्ने क्षमता राखेको प्रयोगशालाबाट पुष्टि भएको छ । जसले गर्दा नयाँ संस्करणको कोरोनाभाइरस पहिलाको भन्दा बढी सङ्क्रामक हुने स्वास्थ्य विद्ले बताएका छन् । यद्दपी पछिल्ला महिनाहरुमा विकास गरिएको खोपले उक्त भाइरसविरुद्ध समेत काम गर्ने विज्ञको दाबी छ ।

स्राेत : िविभन्न

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार