२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वोच्चकाे आदेश : "सरकारसँग संसद विघटन गर्नुकाे कारणबारे लिखित जवाफ माग"

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, पुस  । संसद विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतले  सरकारसँग लिखित जवाफ माग गरेको छ ।

संवैधानिक इजलासमा सुनुवाईपछि शुक्रबार  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

त्यस्तै, मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ ।

सर्वोच्चले संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ । सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार