२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

बुधबार बिहान मुगु केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्पको धक्का

बुधवार , भाद्र ३१, २०८३

काठमाडौँ,भदौ ।  मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ। बिहानको समयमा गएका यी भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्।

प्रारम्भिक विवरण अनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ रेक्टर स्केल रहेको छ।

लगातार गएका भूकम्पका कारण मानिसहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको आधिकारिक जानकारी प्राप्त भइसकेको छैन र थप विवरण आउने क्रममा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार