२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाल - चीनले हिमालयन पारिस्थितिकीय प्रणालीमा काम गर्नुपर्छ' : राजदूत माओमिङ

शनिवार , भाद्र २७, २०८३

 

काठमाडौं, भदौ ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनले जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल र चीन दुवैले हिमालयन पारिस्थितिकीय प्रणालीमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन्।

रसुवा बाढीपछि नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति दुख व्यक्ति गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

मौसम तथा जलविज्ञान सम्बन्धी पूर्वसूचना संयन्त्र बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास गर्ने र विपद् न्यूनीकरणमा साझेदारी गर्ने उनको भनाइ छ ।

माओमिङले कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत, कृषि, पर्यटन तथा डिजिटल विकासमा व्यावहारिक सहकार्य विस्तार गर्ने बताए । विपद् वा बाह्य चुनौती जेसुकै आए पनि चीन सधैँ नेपालको साथमा उभिने उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार