२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभाको बैठक

जेनजी आन्दोलन : ' सरकार मात्रै नभइ संस्कार परिवर्तनका लागि पनि '

बुधवार , भाद्र २४, २०८३

 

काठमाडौं, भदौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई संस्कार परिवर्तनका लागि भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन,सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका हुन्।

'जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो।

संस्कार परिवर्तनको निमित्ति थियो। सरकारको शैली परिवर्तन गर्नका लागि थियो। सुशासनको निम्ति थियो,' उनले भने,' विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो। '

नेता केसीले अहिले चारैतिर हाहाकार मच्चिएको बताउँदै सबै एक ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए। अहिले चारैतिर हाहाकार छ।

नेक्टिभिटी सहज बनाउन सरकारले विशेष जोड दिनुपर्ने बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार