२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भोटेकोशीमा बाढी

प्रधानमन्त्री राहत कोष : ' करिब १२ अर्ब रुपियाँ जम्मा '

बुधवार , भाद्र २४, २०८३

 

काठमाडौँ, भदौ ।

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रूपियाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रूपियाँ मौज्दात छ ।

यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ ।

यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

बाढीपछि सरकारले राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भइ कोषमा दाखिला भएको हो । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार