२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सप्तकोशीमा पानीको बहाव बढ्यो : ' जलसतह खतराको तह पार '

बुधवार , भाद्र १७, २०८३

 

सप्तरी भदौ ।

सप्तकोशी नदीमा पानीको बहाव बढी भएसँगै कोशी ब्यारेजमा जलसतह खतराको तह पार गरेको छ । बुधबार साँझ ६ः२० बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर २ लाख २९ हजार ६५० क्युसेक पानी बहिरहेको जनाएको छ ।

 

सप्तकोशीमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन् । जलसतह खतराको बिन्दु भन्दा माथि पुगेपछि स्थानीय प्रशासन तथा प्राविधिक टोलीले उच्च सतर्कता अपनाएका छन् ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

नदीमा पानीको बहाव उच्च रहेकाले कोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन स्थानिय प्रशासनले अनुरोध गरिएको छ । 

प्रशासनले नदी किनार आसपास नजान र त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार