२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुरूङको उद्धार जारी आशा मारेका छैनौं  : गृहमन्त्री गुरुङ

मंगलवार , भाद्र १६, २०८३


काठमाडौं, भदौ ।

गृहमन्त्री सुधन गुरुङले सुरुङभित्रको उद्धार कार्य जारी रहने बताएका छन्। उनले सुरुङभित्र एकदमै दलदल रहेकाले उद्धार कार्य जटिल भएको बताए।

' हामीले अझै आशा मारेका छैनौं। प्रार्थना गरौं, सबैचिज ठीक होला,'  उनले भने। उनले सुरुङभित्र जानका लागि हरसम्भव प्रयास भइरहेको बताए। त्यसका लागि माथिबाट खन्नेलगायतका काम पनि भइरहेको उनले बताए।

 

उनले सुरुङभित्र पानीको चुहावटहरू भइरहेकाले फसेकाहरूले पानी खानसक्ने अवस्था रहेको बताए। 

गृहमन्त्री गुरुङले आफूहरूकै आग्रहमा भारतीय र चिनियाँ उद्धार टोलीहरू आएको बताए। तर, सुरुङभित्रको अवस्था निकै जटिल रहेको उनीहरूले पनि बताएको गृहमन्त्री गुरुङको भनाइ छ। 

ठूलो प्राकृतिक विपत्ति भएको र त्यसले ठूलो मानवीय क्षति पुर्‍याएकोले शव व्यवस्थापनमा पनि समस्या आएको उनले बताए।  अहिलेसम्मै ठूलो प्राकृतिक विपत्ति हो।

हाम्रो कल्पनाभन्दा पनि बाहिरको। यो स्केलमा व्यवस्थापन गर्न गाह्रै हुँदो रैछ। तैपनि सुरक्षाकर्मीहरू खटिरहनुभएको छ,' उनले भने। 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार