काठमाडौं, भदाै ।
पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरेको जनाएको छ । अलजजिराका अनुसार चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिएको छ।
विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा पनि सयौं मानिस बेपत्ता छन्।
चीन-नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ।
उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन निर्देशनको दिइएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना दिएको छ ।
चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएको भन्दै रसुवा, नुवाकोट, धादिङ र त्रिशूली क्षेत्रमा सर्तक रहन सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।