काठमाडौं, साउन ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आफूले नमानेको जानकारी दिएका छन्। कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन स्वीकार नगरे पनि अदालतले गरेको निर्णयलाई स्वीकार गरेको बताएका हुन्।
उनले कांग्रेसको विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गरे। उनले हिन्दूको विषयमा बोलिदिन आग्रह गरेकाले उनले आफू हिन्दू भएको बताए। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ।
उनले भने, म पशुपतिनाथ जान्छु। पूजा गर्छु। देउवाले आफूले बुद्धिजम (बौद्ध धर्म) लाई पनि उत्तिकै मान्ने उल्लेख गरे। बुद्धिजमलाई संसारले मानेको छ। बुद्धिजम वैज्ञानिक धर्म पनि हो देउवाले भने।
उनले नेपालमा प्राकृतिक धर्म मान्ने समाज पनि रहेकाले राई, लिम्बुलाई पनि सम्मान गर्नुपर्ने बताए। उनले नेपाल के हुने भन्ने कुरा नेपाली जनतामा निर्भर रहने बताए। उनले नेता कार्यकर्ताले दिएको साथ कहिले नबिर्सने बताए।