२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

' निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ ' : नेता सिटौला

' गगन थापाले गल्ती सच्याउनुपर्छ '

शुक्रवार , श्रावण २९, २०८३

 

काठमाडौं, साउन ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताएका छन् । 

संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे कडा टिप्पणी गरे । 

 

नेता सिटौलाले सम्बोधनका क्रममा मुलुकको वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र स्वाधीनताको परिकल्पना गरेको उल्लेख गरे । 

लोकतान्त्रिक समाजवादको सिद्धान्तमा आधारित भएर राज्यले विपन्न वर्गको दायित्व बोक्नुपर्नेमा जोड दिँदै उनले संविधान एक गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताए । 

पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति  आपत्ति जनाउँदै सिटौलाले आयोगको कार्यशैलीमाथि प्रश्न  गरे । 

पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नै नदिई विशेष महाधिवेशनलाई मान्यता दिनु न्यायसंगत नभएको उनको तर्क छ । 

उनले भने, ' पक्ष र विपक्षको कुरा सुन्दै नसुनी, आधिकारिक रेकर्ड नै नहेरी आयोगले कसरी यस्तो निर्णय गर्न सक्छ ? यस्तो प्रवृत्तिले निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ । 

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनको ढोका खोलेको छ, यसलाई गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्छ । हठ र अहंकारले सही गन्तव्य तय गर्न सकिँदैन ।’

उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट कांग्रेसले न्याय पाउने विश्वास समेत व्यक्त गरे । - न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार