२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

र्काग्रेस संस्थापन इतरपक्ष भेला

' न्यायपालिकाबाट न्याय हुन्छ, कांग्रेस फेरि एक ढिक्का हुन्छ '

शुक्रवार , श्रावण २९, २०८३

 

काठमाडौं, साउन ।

कांग्रेस नेता शेखर कोइरालाले न्यायपालिकाबाट न्याय हुने र फेरि कांग्रेस एक ढिक्का हुने बताएका छन् । संस्थापन इतरले आयोजना गरेको भेलामा उनले यस्तो धारणा राखेका हुन् ।

उनले भने, 'कांग्रेस एक ढिक्का हुन्छ र हुन जरुरी छ । कांग्रेस एक हुनासाथ अन्य दलसँग सहकार्यको प्रक्रिया अघि बढ्छ ।'

 ' जसले कांग्रेस मात्रै नभइ देशको भविष्य नै उज्जल हुन्छ । अहिले देश संकटमा छ, देशको भविष्य अन्योलमा छ । 

हामी सबैले देखिरहेका छौं संसद् कसरी चलिरहेको छ । प्रजातन्त्रको जरा प्रेस स्वतन्त्रता हो तर यसमाथि धावा बोलिरहेको छ ।' 

उनले  न्यायपालिकामाथि पनि संकटको अवस्था आएको बताएका छन् । उनले भने, ' न्यायपालिका स्वतन्त्र मात्रै होइन निश्पक्ष हुनुपर्छ । 
जनताको घरमा प्रहरी प्रशासनले अनाहकमा खानतलासी गरिरहेको छ । यस्तो प्रजातन्त्रमा हुनु हुँदैन । '  - कान्तीपुरबाट

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार