२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

मंगलवार , श्रावण २६, २०८३

काठमाडौँ, साउन ।  स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य  तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी  रु एक सय १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार नौ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार सात सय ८० कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार छ सय ७० कायम थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार