काठमाडौँ, साउन ।
श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने/नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए ।
उनले यस्तो इतिहास नदोहोरियोस् भन्ने आफूहरुले चाहेको समेत बताएका छन् । जनताले आफूहरुलाई हाम्रो कुरा बोल्नु है भनेर पठाएको बताउँदै आफूहरुले संसदमा बोलेका कुरा सरकारले गम्भीर भएर बुझ्नु पर्ने कार्यान्वयन समेत गर्नुपर्ने बताएका छन् ।
सरकारले बोल्नुपर्ने बताउँदै उनले भने, ' हामी चाहन्छौं सरकार बोलोस्, के हो त सरकारको आधिकारिक धारणा ? नेपाली जनताले ग्यास निःशुल्क नचलाएको बताउँदै सांसद साम्पाङले भने, जनताले ट्याक्स भ्याटसहित ग्यास किनेर चलाउँछन्, त्यो पैसा चाँहि कसले लादोरहेछ ? ग्यासको सप्लाई चेन के भएर ब्रेक भयो भन्दै उनले सप्लायर्सलाई पैसा किन पठाइँदैन ? भन्दै प्रश्न गरेका छन् । उनले प्रश्न गरे, बीचमा त्यो पैसा कसैले चलाई दिन्छ कि क्या हो ?