२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रियसभा बैठक : ' बुधबारसम्मका लागि स्थगित '

शुक्रवार , श्रावण २२, २०८३

 

काठमाडौँ, साउन ।

संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको हो ।

 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले बैठकको मिति र समय परिवर्तन गरेका हुन ।

अब राष्ट्रिय सभाको बैठक आगामी साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामार्फत बैठकको नयाँ मिति र समयबारे सांसदहरूलाई जानकारी गराइएको छ ।

image-69.png
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार