२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनको भाउमा आज एकैदिन आठ हजार बढे ,दुई दिनमा १२ हजार दुई सयले महँगियो

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ,साउन। नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा आठ हजार रुपैयाँ बढेको छ। चाँदीको भाउसमेत तोलामा ९५ रुपैयाँ बढेको छ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई  लाख ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई  लाख ८८ हजार रुपैयाँ रहेको थियो। सुनको भाउ घट्ने प्रक्षेपक्ष भइरहँदा नेपालमा दुई दिनमा सुनको भाउ तोलामा १२ हजार दुई सय रुपैयाँ बढेको हो।

यता,बुधबार चार हजार चार सय ९५ रुपैयाँमा कारोबार  भएको असली चाँदीको भाउ बढेर बिहीबार चार हजार पाँच सय ७० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार