२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय

सुनसरी - सिरहा घट्ना : ' मृतकका परिवारलाई क्षतिपूर्ति दिने'

बुधवार , श्रावण २०, २०८३

 

काठमाडौं, साउन ।

सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।

 

केही दिनअघि सुनसरी र सिरहामा दुई समूहबीचको झडपमा चारजनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्ज ओमप्रकाश मेहता,जयप्रकाश मेहता ,रबिन्द्र मेहता र सिरहामा गणेश यादवको मृत्यु भएको हो।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश र गणेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईजनाको उपचारका क्रममा निधन भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार