२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठक

" सरकारले सुनसरी- सिरहा घटनाको जिम्मा लिनुपर्छ "

घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समिति बनाऔँ : भीष्मराज आङदेम्बे

मंगलवार , श्रावण १९, २०८३

 

काठमाडौं, साउन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रतिनिधिसभाका सांसद भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली नै चलाउनु पर्ने अवस्था सरकारका लागि किन आयो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले यसका विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने र घटनाको जिम्मा लिनु पर्ने बताएका छन् । उनले विपत व्यवस्थापनको पक्षमा सरकार निकै सुस्त गतिमा रहेको समेत बताएका छन् ।

बैसाख २३ गतेको बाढी पहिरोले इलामको मेची राजमार्ग अवरुद्ध रहेको बताउँदै उनले जेठ ८ गते पाँचथरको याङबरक गाउँपालिका २ र ३ मा बाढीपहिरो गएको पनि जानकारी गराए ।

उनले बाढी पहिरोले घर र पुल बगाएको भन्दै उनले पाँचथर फालेलुङमा पनि भीषण पहिरो भएको बताएका छन् ।  यस घटनाका बारेमा सभामुखलाई नै भेटेर सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताएका छन् ।

उनले विपत पूर्व जानकारी दिएर नआउने बताउँदै प्रश्न गरे,सरकारले ठूलो विपत आइसकेपछि मात्र तयारी गर्न खोजेको हो ? कि सरकारको केहि तयारी छ ? सरकारले सुकुमबासी बसिरहेको बस्ती अमानवीय तरिकाले हटाएको पनि बताएका छन् ।

अहिलेसम्म उनीहरुको सरकारले व्यवस्थापन गर्न नसकेको उनले बताएका छन् । सुकुमबासी बस्ती हटाउन राज्यको कुनै विवेक र विधि नभएको बताउँदै केवल सनक र बल मात्र देखिएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार