२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विपद् व्यवस्थापन प्राधिकरण भन्छ

विभिन्न विपद्का घटना : ' ३ महिनामा १९३ जनाको मृत्यु '

१ हजार १८५ घाइते , सबैभन्दा बढी सर्पदंशबाट ५३ को मृत्यु

शनिवार , श्रावण १६, २०८३

 

काठमाडौं, साउन ।

वैशाखदेखि साउन १५ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १९३ जनाको मृत्यु भएको छ। १ हजार १८५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी सर्पदंशबाट ५३ जनाको मृत्यु भएको छ।

सर्पदंशका घटनामा १३२ जना घाइते भएका छन्। त्यस्तै, चट्याङ लागेर २५ जनाको मृत्यु हुँदा १३२ जना घाइते भएका छन्। लेक लागेर २२ जनाको मृत्यु तथा ३६ जना घाइते भएका छन।

पहिरोमा २० जनाको मृत्यु, १ जना बेपत्ता र २९ जना घाइते भएका छन्। आगलागीमा १९ जनाको मृत्यु र १३४ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार जनावरको आक्रमणबाट १७ जनाको मृत्यु र ११९ जना घाइते भएका छन्।

बाढीमा १४ जनाको मृत्यु, ३ जना बेपत्ता तथा १० जना घाइते भएका छन्। यस्तै, हावाहुरीबाट १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् भने भारी वर्षाका कारण ४ जनाको मृत्यु तथा ७ जना घाइते भएका छन्।

डुंगा पल्टिँदा २ जनाको मृत्यु भएको छ। वन डढेलो, हिमपहिरो र विस्फोटका घटनामा एक- एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार विपद्का कारण देशका अधिकांश जिल्लामा जनधनको क्षति पुगेको छ। बाढी र पहिरोका कारण घरबार गुमाएर प्रत्यक्ष रूपमा ५ हजार ११६ भन्दा बढी परिवार विस्थापित भएका छन् भने ४ जना अझै बेपत्ता रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार