२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

प्रधानमन्त्रीले गरे देशबासीका नाममा सम्बोधन

धर्म र समाज - " आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो "

बिहिवार , श्रावण १४, २०८३

 

काठमाडौं, साउन ।

प्रधानमन्त्री बालेन शाहले धर्मले समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति भएको भन्दै कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने बताएका छन्। सुनसरीको देवानगन्ज, सिरहालगायतका स्थानमा केही दिनअघि भएका घटनापछि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति रहेको उल्लेख गरे।

उनले एउटा स्थानमा भएको दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई दोषी ठहर गर्नु वा त्यसको प्रतिशोध अन्य स्थानमा फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुन नसक्ने बताए।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार