२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

सुन-चाँदीको भाउमा भारी गिरावट

मंगलवार , श्रावण १२, २०८३

काठमाडौँ,साउन । नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउमा भारी गिरावट आएको छ ।
सोमबारको तुलनामा सुनको भाउ तोलामा चार हजार तीन सय र चाँदीको एक सय ३५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो । 

यसअघि सोमबार प्रतितोला चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार