२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

प्रवासी नेपालीलाई अर्थमन्त्री डा वाग्लेको आग्रह

' मातृभूमिको आर्थिक विकासका निम्ति लगानी गरौँ '

आइतवार , श्रावण १०, २०८३

 

काठमाडौँ, साउन ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गरेका छन । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको भर्चुअल छलफलमा उनले ;एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।

 

प्रवासी नेपाली मुलुकका सद्भावनादूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै अर्थमन्त्रीले देशको आर्थिक विकासका वर्तमान सरकार लागिपरेकाले त्यसमा प्रवासमा रहेकाहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्वलगायत उद्योगमैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे । लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीले स्पष्ट गरे ।

अर्थमन्त्रीले भने, हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार