२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौँ,साउन। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार तीन सय २० रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार तीन सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार