२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुदूरपश्चिम प्रदेश सरकार : '  आजदेखि बजेट शून्यता '

शुक्रवार , श्रावण १, २०८३

 


काठमाडौँ, साउन  ।

नयाँ आर्थिक वर्ष २०८३–८४ को सुरुवातसँगै सुदूरपश्चिम प्रदेश बजेट शून्यताबाट गुज्रिएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि यो प्रदेशमा आजदेखि बजेट शून्यता सुरु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारको साथ छाडेपछि अल्पमतमा परेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत पेश्की बजेट पनि ल्याउन सकेन । 

प्रदेश सरकारको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले असार १ गते मध्यरातमा आर्थिक वर्ष २०८३–८४ का ३७ अर्ब ७० करोड रुपियाँको बजेट प्रस्तुत गरेका थिए । 

सरकारले प्रस्तुत गरेको बजेट पारित नभएकाले बजेट खर्च अवरुद्ध भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले बताए ।  

उनले राजस्व सङ्कलनमा समस्या नभएको उल्लेख गरे । “राजस्व सङ्कलन गतवर्ष बनेको पुरानै कानुनअनुसार हुन्छ । अवरुद्ध हुँदैन”, जोशीले भने ।

यसअघि, आर्थिक वर्ष २०८१–८२ को बजेट पनि पारित हुन नसक्दा साउन र भदौ दुई महिनासम्म बजेट शून्यताको अवस्था सृजना भएको थियो । भदौ अन्तिममा दोस्रो बजेट ल्याएर सभाबाट पास गरिएपछि बजेट शून्यता टरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार