काठमाडौँ, असार ।
नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन भएका छन ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको २०८३ असार २५ - २६ गते कांग्रेसका उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार अपाङ्गता, संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ चयन भएका छन ।
आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डाडिबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाई, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन ।