२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

संविधान संशोधन बहसपत्र

प्रतिवेदन लेखन अन्तिम चरणमा : ' बुझाउने तयारी गर्दै कार्यदल '

आइतवार , आषाढ २८, २०८३

 

काठमाडौँ, असार ।

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो ।

कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरोकारवाला निकाय, जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संविधान संशोधन कार्यदललाई तीन महिनाको समय दिएको थियो ।

दलहरूले ८२- ८३ दिनसम्म सहभागी भएर सुझाव सल्लाह दिए । उनका सबै सरोकार, विचार, भावना सबै समेटेर प्रतिवेदनमा राखेर बुझाउने छौँ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका ४४ हजार सात सय सुझाव प्रतिवेदनमा राखिएको उनले बताए । प्रधानमन्त्रीलाई यो महिनाको अन्तिमसम्म संविधान संशोधन कार्यदलले प्रतिवेदन बुझाउने उनले वचन दिए।

त्यति मात्रै होइन, कार्यदलले तत्कालीन संविधान सभाका विभिन्न समितिका प्रतिवेदनको समेत अध्ययन गरेको छ । - गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार