२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

फिफा विश्वकप - २०२६ : ' इङल्यान्ड सेमिफाइनलमा '

आइतवार , आषाढ २८, २०८३

 

काठमाडौँ, असार ।

इङल्यान्ड २- १ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् ।

यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभएको थियो । अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबिच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ ।

अहिले अर्जेन्टिना र स्विटजरल्यान्डबिच खेल जारी छ । अर्जेन्टिना एक गोलका साथ अग्रपङ्तिमा छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार