२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

अमेरिका - ईरान युद्ध गम्भीर मोडमा

राष्ट्रपति ट्रम्पले भने : " इरान ध्वस्त हुन्छ, अमेरिकी सेना तयारीमा "

इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्र पूर्ण तयारी अवस्थामा

शनिवार , आषाढ २७, २०८३

 

वासिङ्टन, असार ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्र पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन ।

सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्र ताकेर पूर्ण तयारी अवस्थामा राखिएको जनाएका हुन ।

यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा व्यक्त गरेको-संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने-धम्कीलाई कार्यान्वयन गर्यो भने, त्यसको लगत्तै हजारौं थप क्षेप्यास्त्र प्रहार गरिने उनले बताएका छन ।

यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेको आरोप लगाएका छन ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा उनले “इरानले अहिले सम्म आफ्नो प्रतिवद्धता पालना गर्दै आएको र यो उल्लंघन अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमको शृङ्खलाकै एक हिस्सा भन्दै यसमा दुवै पक्षको पालना अनिवार्य हुने बताएका छन ।  

अल जजिराका अनुसार, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने बताउँदै यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा आफ्नो रक्षा गर्न पूर्णरूपमा तयार रहने बताएका छन । 

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले इरानका रक्षकले अमेरिकाको गतिविधिलाई निगरानीमा राखिरहेको बताएका छन ।  

गर्मीको मौसमको प्रवाह नगरि, इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर रक्षक देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रमा तैनाथ रहि अमेरिकी गतिविधिलाई निगरानी गरिरहेको उनले प्रष्ट पारेका छन ।  

यसैबिच, अल जजिराका अनुसार, अमेरिकी उच्च अधिकारीहरूले अमेरिका र इरानबिचको वार्ता फलदायी रहेको बताएका छन् ।

अमेरिकाले भने इरानसँग सम्झौता हुनका लागि केही सर्त पूरा हुनुपर्ने बताउँदै पहिलो सर्त इरान आणविक सर्त मान्न सहमत हुनुपर्छ र सवै आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडान गर्दै आएको छ । - क्युएनए

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार