काठमाडौँ, असार ।
गृहमन्त्री सुधन गुरुङले कसैको पीडामा राजनीतिकरण गर्न सांसदलाई आग्रह गरेका छन । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन । गणेश नेपालीको निधन भएपछि सांसदमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री गुरुङले यो बताएका हुन ।
‘कसैको पीडामाथि राजनीतिक नगर्नुहोस् । देश बनाउन सबै सक्रिय बन्नुपर्छ । आफ्नो दायित्त्वबाट सरकार एक इन्च पनि पछाडि पर्दैनौँ । सरकारले अथक प्रयास गर्दा गर्दैै गणेश नेपाली हामीमाझ रहेनन् । तपाईंहरुले प्रश्न गर्नुभयो । हामीले अन्तिम समयसम्म प्रयास गरेका छौँ’, गृहमन्त्री गुरुङले भने ।
गृहमन्त्री गुरुङले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई उपचारका लागि भारत पठाउन आफूहरूले धेरै मेहनत गरेको बताए । मुखले मात्र बोलेर जनताको सेवा नहुने बताउनुहुँदै उनले फिल्डमै गएर जनताको सेवा गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री गुरुङले आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा नभएको र देशको सेवा गर्न नै आएको प्रस्ट पारे ।
नेपालीलाई उपचारका लागि भारत लैजान आफूहरूले अथक प्रयास गरे पनि चिकित्सकको सल्लाह बमोजिम नै उनलाई भारत नलगी वीर अस्पतालमा उपचार गरिएको उनले जानकारी दिए ।
सरकारको कार्यशैली र क्षेत्राधिकारबारे प्रतिपक्षी दलहरू सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ' सरकार कसरी सञ्चालन हुन्छ भनेर म सिकाउन चाहन्छु । सरकार तीन तहको हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको होइन, नगर प्रहरीले लगाएको हो ।'