२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

विश्वकप २०२६ : ' पाँच टोली अन्तिम ३२ मा प्रवेश '

शनिवार , आषाढ १३, २०८३

 

लस एन्जलस, असार  ।

लस एन्जलस, असार  । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरी सकेको छ भने इङ्गल्यान्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान छ ।

इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा चार अङ्क रहेकाले उनीहरू अब आफ्नो समूहमा तेस्रो स्थानमा रहेका केही टोलीले हासिल गर्न सक्ने अधिकतम अङ्कभन्दा अगाडि छन् ।

यसका कारण समूह ए -दक्षिण कोरिया तीन अङ्क,) समूह सी -स्कटल्यान्ड तीन अङ्क), समूह एच -उरुग्वे दुई अङ्करकेप भर्डे तीन अङ्क) र समूह आई -सेनेगल तीन अङ्क-का तेस्रो स्थानका टोलीहरूले उनीहरूलाई उछिन्न नसक्ने अवस्था बनेको हो, जसमा ती समूहका खेलहरू यसअघि नै सम्पन्न भइसकेका छन् । एएफपी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार