२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा बैठकमा लिपुलेकबारे प्रश्न

प्रधानमन्त्री शाहले भने : ' बेलायतसँग समेत कुटनीति कुरा हुनुपर्ने '

भारत र चीनलाई पठाएको कुटनीतिक नोट : ' जवाफ आइसक्यो '

आइतवार , जेठ १७, २०८३

 

काठमाडौं, जेठ ।

प्रधानमन्त्री बालेन शाहले आजको प्रतिनिधिसभा बैठकमा नेपाली भूमि लिपुलेकका विषयमा मुख खोलेका छन् ।

प्रधानमन्त्री शाहले आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पदमा अर्यालले राखेको प्रश्नको जवाफ दिंदै लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि अतिक्रमणका विषयमा मुख खोलेका हुन् ।

प्रधानमन्त्री शाहले अतिक्रमित नेपाली भूमिका विषयमा भारत र चीनलाई कुटनीतिक नोट पठाइसकिएको जानकारी गराउँदै भने, नोटको जवाफ समेत आइसकेको छ ।

उनले नेपाली भूमिका विषयमा निकट समयमै टेबल टक हुने समेत बताए । उनले नेपाली भूमिको विषयमा बेलायतसँग समेत कुटनीति कुरा हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार