काठमाडौं, जेठ ।
सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छुट तथा सुविधा दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै विभिन्न छुटको घोषणा गरेका हुन्।
- नेपाल भित्र कृत्रिम हातखुट्टा र अपांगता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट
- आवासीय भवनको बीमा बापत अधिकतम दश हजार रुपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था
- विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेशनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था
- कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेष्टिङ ल्याब सहितका मेशिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था
- कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने