२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुनचाँदीको भाउमा भारी गिरावट

बिहिवार , जेठ १४, २०८३

काठमाडौँ,जेठ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा पाँच हजार पाँच सय र चाँदीको दुई सय १५ रुपैयाँ घटेको हो। 

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो । 

यता बुधबार प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार