२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आज घट्यो सुनचाँदीको मूल्य

आइतवार , जेठ ३, २०८३

काठमाडौँ,  जेठ ।स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार  ५०० र चाँदी ३३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० कायम भएको छ । 

गत शुक्रबार एक तोला  छापावाल सुन दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३९० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार